ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लिवान्डोस्कीले सच्याउन सक्लान् पोल्यान्डको विश्वकप रेकर्ड ? 

२०७९ मंसिर, ६  
खेलकुद अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

दोहा (कतार) । रोबर्ट लिवान्डोस्की पोल्यान्डका अहिलेसम्मकै धेरै गोलकर्ता हुन् । तर आफ्नो रेकर्डमा उनले एउटा कुरा पार्न सकेका छैनन्, त्यो हो विश्वकपमा गोल । मंगलबार समूह चरणको पहिलो खेलमा मेक्सिको विरुद्ध गोल गरेर विश्वकपमा लेवान्डोस्कीले आफ्नो गोलको खाता खोल्न सक्छन् । 

बार्यन म्युनिखमा चम्किएर लिवान्डोस्की बार्सिलोना सरेका थिए । यस सिजनको क्लब फुटबलमा उनले १८ ओटा गोल गरेका छन् । पोल्यान्डका लागि खेलेका १३४ ओटा खेलमा उनले ७६ गोल गरेका छन् । पछिल्ला दुई विश्वकप छनोट चरणका खेलहरुमा लेवान्डोस्कीले २५ गोल गरेका थिए । तर दुःखको कुरा विश्वकपमा उनले एउटै गोल गर्न सकेका छैनन् । 

रुसमा पोल्यान्डले २ गोल मात्रै हानेर समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१० र सन् २०१४ को विश्वकपमा पोल्यान्ड आउनै पाएन । सन् १९८६ यता पोल्यान्ड नकआउट कटेर माथि आउन सकेको छैन । यस अघि पोल्यान्डले सबैभन्दा राम्रो खेलेको भनेको सन् १९७४ मा पश्चिम जर्मनी र सन् १९८२ मा स्पेनमा भएको विश्वकप हो । यी दुबै प्रतियोगितामा पोल्यान्ड तेस्रो स्थानमा समेटिएको थियो । 

गएको विश्वकपमा तेस्रो स्थानमा समेटिएको अर्जेन्टिनालाई धेरै समूह सीको विजेताको रुपमा हेरेका छन् । मंगलबारको खेल समूहमा दोस्रो स्थानमा को आउँछ अनि नकआउट चरणमा जाला भन्ने निर्धारण गर्नेछ । यो आफूहरुको लागि महत्वपूर्ण खेल भएको गएको हप्ता दोहामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए । मेक्सिकोसँग जित्नका लागि खेल्ने उनको भनाइ थियो । यो विश्वकपमा गोल गर्नु लेवान्डोस्कीका लागि अति जरुरी भएको पोल्यान्डका गोलकिपर स्जेस्नीले भनेका थिए । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)