काठमाडैं । नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् ।
मंगलवार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै उपस्थित भएका मतदाताहरूलाई सम्बोधन गर्दै उनले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताएका हुन् । उनले मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरे ।
उनले भने, ‘म आजैबाट, अब नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको तयारीमा आजैबाट म जुट्छु ।’