काठमाडौं । चितवन -२ मा रवि लामिछानेले पहिलोपटक अग्रता लिएका छन् । राष्ट्रपय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछाने मतगणना शुरू हुँदा तेस्रो स्थानमा थिए ।
लामिछानेले ४ हजार ७ मत प्राप्त गर्दा एमाले उम्मेदवारले कृष्ण पोख्रेलले ३८६९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३४१० मत सहित तेस्रो स्थानमा छन् ।
पछिल्लो मतगणनामा लगातार ८० भोट घण्टि चुनाव चिन्हमा खसेको पाइएको छ । यसले रवि लामिछानेलाई अग्रता लिन सहज बनाएको हो ।
अहिले रास्वापले १३ स्थानमा अग्रता लिएको छ । चितवनका २ निर्वाचन क्षेत्र सहित ललितपुर, काठमाडौं र कास्कीमा रास्वपाका उम्मेदवार जीत नजिक पुगेका छन् ।