ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधिसभामा १ सिट जितेको रेशम चौधरीको पार्टीको कुन–कुन क्षेत्रमा छ अग्रता ? 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा जितको खाता खोलेको रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलाली–१ र २ र बर्दिया–१ गरी ३ ओटा निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । 

कैलाली–१ मा उक्त पार्टीकी रन्जिता श्रेष्ठ २३ सय मतान्तरले अग्रता बनाएकी छन् । उनले ६ हजार ५७९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीको मत ४ हजार २६० छ । सो क्षेत्रमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ३६० मत ल्याएका छन् । 

कैलाली–२ मा पनि सोही पार्टीका अरुणकुमार चौधरीको अग्रता छ । उनले २ हजार ४३८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका छन् नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले । बढुवालको मत १ हजार ८३४ छ । एमालेका झपटबहादुर रावल उक्त क्षेत्रमा तेस्रो स्थानमा छन् । उनले १ हजार ६७० मत पाएका छन् । 

रेशम चौधरीको पार्टीले कैलालीमा मात्रै होइन, बर्दियामा पनि अग्रता हासिल गरेको छ । बर्दिया–१ मा उक्त पार्टीका उम्मेदवार ठाकुरसिंह थारू ८ हजार ४२४ मतसहित अग्रस्थानमा छन् । सो क्षेत्रमा कांग्रेसका संजयकुमार गौतम ७ हजार ३४५ मतसहित दोस्रोमा छन् । तेस्रोमा रहेका एमाले उम्मेदवारको मत भने ५ हजार ८०५ छ । 

मंगलवार दिउँसो सार्वजनिक गरिएको मतपरिणाम अनुसार कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले जित हासिल गरेका छन् । चौधरीले २३ हजार १२० मत पाउँदा निकतटम प्रतिस्पर्धी गठबन्धनका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)