ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एकीकृत समाजवादीका यी दर्जन नेता, जसलाई आफ्नै पूर्वसहकर्मी एमाले उम्मेदवारले पछि पारे

२०७९ मंसिर, ६  
समाचार निर्वाचन विशेष
Jagdamba Supershine Image Not Found
author avatar प्रतिक्षा कँडेल

काठमाडौं । नेकपा एमालेबाट फुटेर बनेको नयाँ दल एकिकृत समाजवादीको यो पहिलो आम निर्वाचन हो ।

एमाले अध्यक्ष तथा तत्कालिन  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेपछि त्यसको विरुद्धमा लागेका १४ सांसदहरू मिलेर एकिकृत समाजवादी गठन भएको थियो ।

एकिकृत समाजवादीको नेतृत्व पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपालले गरे भने त्यसमा अर्का पूर्व प्रधामन्त्री झलनाथ खनाल पनि जोडिए ।

माधवकुमार नेपाललाई साथ दिन्छौ भन्दै उनलाई उचालेर ओली विरुद्ध खुट्टा नकमाउन ढाडस दिने दर्जनौ नेताहरूले नेपाललाई धोका दिंदा युवा नेतृ रामकुमारी झाँक्रीले माधवकुमार नेपालको हात तानेर निर्वाचन आयोगमा गएको दृश्यले त्यतिबेला धेरैको मन छोएको थियो ।

अहिले निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा माधवकुमार नेपालको हात समाउने तिनै रामकुमारी झाँक्री पूर्व सहकर्मी गोकर्ण बिष्टसँग फराकिलो मतान्तरले पछि परेकी छन् ।
गुल्मी -२ मा बिष्टले झाँक्रीमाथि २२ सय बढी मतको अन्तरले अग्रता लिएका छन् । 

पूर्व प्रधामन्त्री झलनाथ खनाल इलाम -१ मा पूर्व सहकर्मी महेश बस्नेतसँग १२ सय बढी मतले पछि परेका छन् । उदयपुर -२ मा जगन्नाथ खतिवडा पूर्व सहकर्मी अम्वर बहादुर रायमाझीसँग १२ सय मतले नै पछि परेका छन् । 

त्यस्तै पाल्पा -२ मा सोमप्रसाद पाण्डेय पूर्व सहकर्मी ठाकुर गैरसँग ११ सय मतले पछि परेका छन् । काठमाडौं -८ बाट प्रतिस्पर्धा गरेका जीवनराम श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीका उम्मेदवारभन्दा निकै पछि परेका छन् । यहाँ श्रेष्ठ ३ हजार भन्दा बढी मतान्तरले पछि परेका छन् । जसको अर्थ उनी जीतबाट करीब बिमुख भइसकेका छन् ।

धादिङ -१ मा राजेन्द्रप्रसाद पाण्डे पूर्व सहकर्मी भूमि त्रिपाठीसँग २०० मतले पछि परेका छन् । मकवानपुर -२ मा विरोध खतिवडा पूर्व सहकर्मी महेश बर्तौलासँग ३०० बढी मतान्तरले पछि परेका छन् ।

समाजवादीबाट चुनाव लडिरहेका मध्ये दाङ -१ मा मेटमणी चौधरी, सल्यान -१ मा प्रकाश ज्वाला, बारा -४ मा कृष्ण कुमार श्रेष्ठ किसन, अछाम -१ मा शेरबहादुर कुँवर, डोटी -१ मा प्रेम बहादुर आले र रौतहट -१ मा माधवकुमार नेपालले अग्रता लिएका छन् । नेपालले रौतहट १ मा लगातार अग्रता बनाउन सकेका छैनन् । कुनै समय उनका पूर्व सहकर्मी अजयकुमार गुप्ताले अग्रता लिन्छन् भने कुनै समय नेपालले अग्रता लिइरहेका छन् ।

समाजवादीले समानुपातिक तर्फको मतपरिणाममा निराशा जनक प्रदर्शन गरिरहेको छ । प्रत्यक्ष निर्वाचनमै धेरै सिट जित्न नसके एकिकृत समाजवादी यस अघिको सिट संख्याबाट पनि खुम्चिएर अझै सानो दलमा सीमित हुन्छ कि भन्ने त्रास समाजवादीका नेताहरूलाई परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)