काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् ।
बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) को मंसिर २ गते बसेको सञ्चालक समिति बैठकले दुवै कम्पनीको बुक क्लोज आगामी पुस २० गते गर्ने निर्णय गरेको छन् । यस आधारमा पुस १९ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
बोटलर्स नेपाल तराईले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६० प्रतिशत र बालाजुले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।