ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वकप दाबेदार अर्जेन्टिनामाथि साउदीअरबको सनसनी पूर्ण जीत, पुनरागमन गर्दै २-१ ले विजयी

२०७९ मंसिर, ६  
विश्वकप विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : रासस/सिन्ह्वा
author avatar अभियान संवाददाता

काठमाडौं ।कतारमा जारी विश्वकप फुटबलमा समूह सी को पहिलो खेलमा अर्जेन्टिनामाथि साउदी अरबले सनसनीपूर्ण जीत निकालेको छ । विश्व वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ५१ औं स्थानमा रहेको साउदी अरबले हराएको हो ।

खेलको १० औं मिनेटमै मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५ मिनेटको अन्तरमा २ गोल गरेपछि उत्तर अमेरिकी महादिपको पाहुना टोलीलाई साउदी अरबले स्तब्ध बनाएको हो ।

साउदी अरबका लागि सालेह अलशेहरी र सलिम अल दरवासरीले १/१ गोल गरेका गरेका थिए ।

अर्जेन्टिनाले साउदी अरबको पोस्टमा लगातार प्रहार गरेपनि थप गोल गर्न नसक्दा पहिलो खेलमै स्तब्ध हुन पुगेको छ । अर्जेन्टिनाले गरेको दुई ओटा गोल रेफ्रिले अफसाइड दिएका थिए ।

मेस्सी बने लगातार ४  विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी


अर्जेन्टिनाले खेल गुमाए पनि कप्तान  लियोनेल मेस्सी भने लगातार ४ विश्वकपमा गोल गर्ने  पहिलो अर्जेन्टिनी  खेलाडी बनेका छन् । उनले यसअघिका ३ ओटै संस्करणमा गोल गरेका थिए ।

विश्वकपको प्रमखु दाबेदार मध्येको एक टोली अर्जेन्टिना पनि हो । आफ्नो करिअरको अन्तिम विश्वकप खेलीरहेका मेस्सी विश्वकप जित्दै फुटबलबाट सन्यास लिन चाहन्छन् ।

पहिलो खेलको नतिजाले विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाका खेलाडीको मनोबल भने केही असर गर्न सक्ने आकलन गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)