काठमाडौं । नवलपरासी -१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् ।
शुरुवाती अग्रता लिएका चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी भन्दा पछि परेका छन् ।
सेनले ७ हजार ३९१ मत ल्याउँदा चौधरीले ६ हजार ८९० मत ल्याएका छन् ।
उक्त क्षेत्रमा ह्रदयेश त्रिपाठी ५ हजार ५८९ मत सहित तेस्रो स्थानमा छन् ।
चुनाव अघि चौधरी र त्रिपाठीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोमा मतगणना पछि भने चौधरी र सेन बीच कडा प्रतिस्पर्धा देखिएको छ ।