ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अप्टिकल फाइबरमा समस्याले सञ्चार सेवा बन्द

२०७९ मंसिर, ७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैतडी । अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा मंगलवार दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो ।

अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं सेवाग्राही मारमा परेका छन् । मोबाइल, फोन सेवा र इन्टरनेट नहँुदा स्थानीय नागरिक सञ्चारविहीन हुनुका साथै निर्वाचनको मतपरिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन् । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ‘ब्रेक’ हुँदा समस्या भएकाले मर्मतका लागि प्राविधिक टोली खटिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)