ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ दिनभित्र मतगणना सम्पन्न हुने

२०७९ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निर्वाचन आयोगले ९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न हुने बताएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरूको मतगणना सो समयभित्र सम्पन्न गरिसक्ने बताएका हुन् । बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय गरिने जानकारी अर्यालले दिए ।

‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैको मतगणना जारी छ । प्रदेशसभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना हुन्छ,’ उनले भने, ‘हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरीकाले गणना प्रक्रिया अघि बढेका स्थानहरूको मतगणना आयोगले भनेजस्तै अबको ८–९ दिनमा सकिन्छ ।’

मङ्सिर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ ओटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले बताएको छ । हाल प्रतिनिधिसभाको १३८ ओटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना भइरहेको छ ।

मतगणना रोकिएको कतिपय स्थानमा राजनीतिक सहमति गरेर मतगणना शुरू गरिने आयोगका सहायक प्रवक्ता अर्यालले बताए । आयोगले सबै क्षेत्रहरूमा मतगणना शुरू भएको मितिले २ दिनभित्र सम्पन्न गरिसक्ने योजनाका साथ काम गरिरहेको जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)