काठमाडौं । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । भण्डारीले ३० हजार ६०४ मत ल्याएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरेका छन् ।