काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांगेसका हृदयराम थानी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
थानीले ३४ हजार ६२५ मतका साथ विजयी हुँदा एमालेका अमृत बिसी २९ हजार ५५८ मत ल्याएका छन् ।
थानी यसअघि सोही क्षेत्रमा एमालेका नवराज रावतसँग पराजित भएका थिए ।