ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली कांग्रेसले ११ सिट जित्दा ९ ठाउँमा एमालेलाई हरायो, कहाँबाट को विजयी ? 

२०७९ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले बुधवार बिहान ७ बजेसम्म ११ स्थानमा जित हात पारेको छ । उसले अधिकांश ठाउँमा एमाले उम्मेदवारलाई पराजित गरेको छ भने केही ठाउँमा राप्रपा र स्वतन्त्रहरू प्रतिस्पर्धामा आएका थिए ।

काठमाडौं- १, प्रकाशमान सिंहले राप्रपाका रविन्द्र मिश्रलाई पराजित गरेका छन् ।

डडेल्धुरामा, प्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पराजित  गर्नु भएको छ ।

काठमाडौं- ४ मा, गगन कुमार थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका छन् । 

मनाङमा, टेकबहादुर गुरुङले एमाले उम्मेदवार पोल्देन छेपाङ गुरुङ्गलाई पराजित  गरेका छन् ।

मुस्ताङमा, योगेश गौचन थकालीले एमाले उम्मेदवार प्रेम तुलाचनलाई पराजित गरेका छन् ।

रसुवामा, मोहन आचार्यले एमाले उम्मेदवार छोवान तेन्जिङ तामाङ्गलाई पराजित गरेका छन् ।

ललितपुर- १ मा, उदयशमशेर राणाले एमाले उम्मेदवार नवराज सिलवाललाई पराजित गरेका छन् ।

काठमाडौं- ५ मा, प्रदीप पौडेलले एमाले उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित  गरेका छन् ।

काठमाडौं- ३ मा, सन्तोष चालिसेले एमालेका कृष्ण बहादुर राइलाई पराजित गरेका छन् ।

सुर्खेत-२ मा, हृदयराम थानीले एमालेका जीवन बीसीलाई पराजित गरेका  छन् ।

तनहुँ-२, शंकर भण्डारीले एमालेका किरण गुरुङलाई पराजित गरेका छन्।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)