ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिथिला लघुवित्तको संस्थापक शेयर खरीदका लागि प्राप्त बोलपत्र मंसिर १४ गते खोलिदै 

२०७९ मंसिर, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार २५४ कित्ता संस्थापक शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र मंसिर १४ गते खोल्ने भएको छ ।

कम्पनीले बुधवार सूचना जारी गर्दै कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म प्राप्त बोलपत्र खोलिने जानकारी दिएको हो । दिउँसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा बोलपत्र खोल्ने कार्यक्रम तय भएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीदका लागि आवेदन दिन पाउने गरी उक्त शेयर विक्री गरेको थियो । प्रतिकित्ता रू. ५०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सबैभन्दा बढी मूल्य अंकित गर्ने आवेदकले प्राप्त गर्नेछन् ।

विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको शेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याउनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)