काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेडले नवौं वार्षिक साधारण सभा मंसिर २९ गर्ने भएको छ ।
कम्पनीले आरण्ण बुटिक होटेल मनकामना रोड हात्तीसार नक्साल, काठमाडौंमा भौतिक उपस्थितिमार्फत गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न गाभिन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।