कतार . कतारमा जारी विश्व कपमा मंगलवार साउदी अरेबियाले यस पटकको विश्वकपको दाबेदार नै मानिएको अर्जेन्टिनालाई पराजित गरेको छ ।
दुई पटक विश्वकप जितेको अर्जेन्टिनालाई साउदीले १ का विरुद्ध २ गोलले हराइदिएयो । फिफाको वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ५१ औं स्थानमा रहेको साउदीले हाफ टाइम पछिको १० मिनेटभित्रै २ गोल गर्दै हराएर अभूतपूर्व जित हात पारेको छ । विश्वकपमा यस्तो खालको अप्रत्याशित नतिजा आएको यो पहिलो पटक भने होइन ।
यी मध्ये केही यस प्रकार छन् :
२००२ : दक्षिण कोरिया २-१ इटली
२००२ को विश्व कप दक्षिण कोरियाका लागि सुन्दर सपना जस्तै भयो । टिमले एक पछि अर्को गर्दै खेल जितेर सेमीफाइनलसम्म पुग्यो । यस क्रममा नक आउट चरणमा कोरियाली टोलीले इटलीलाई २–१ ले हराएर सनसनी पैदा गरेको थियो । बिडम्बना त के भने इटलीको क्लब फुटबलमा खेल्ने आहन जंगवाले नै इटली विरुद्ध अतिरिक्त समयमा गोल हानेर दक्षिण कोरियालाई अन्तिम ८ मा पुर्याए । गियानलुइगी बुफान, पाउलो मल्डिनी र अलेसान्द्रो डे पियरे जस्ता सुपरस्टार भएको टिमलाई जंगवाको गोलले हराइदियो ।
२०१४ : नेदरल्यान्ड ५-१ स्पेन
२०१४ को विश्व कपको ओपनिङ खेललाई स्पेनले कहिले पनि भुल्ने छैन । ब्राजिलमा भएको उक्त विश्वकपमा नेदरल्यान्डले डिफेन्डिङ च्यम्पिशन स्पेनलाई ५–१ ले रोकेको थियो । डिफेन्डिङ च्याम्पियनले यति ठूलो मत अन्तरले हारेको यो पहिलो पटक थियो । डच टोलीले सन् २०१० को विश्वकपमा स्पेनसँगको हारको बदला ५–१ गेल अन्तरले शुरुआती खेल हराएर लिए । सो विश्वकप स्पेनका लागि राम्रो भएन । अर्को खेल पनि हारेर डिफेन्डिङ च्याम्पियन प्रतियोगिताबाट बाहिरियो ।
१९७४ : पूर्वी जर्मनी १-० पश्चिम जर्मनी
फ्रान्ज बेकेनबाउर र गर्ड मुलर भएको पश्चिम जर्मनीलाई कमजोर मानिएको टोलीले हराउन सक्ला त ? तर १९७४ को विश्व कपमा खेल शुरु हुन अघि धेरैले पश्चिम जर्मनीले नै जित्ने सोचेका थिए । युरोपेली च्याम्पियन र विश्वकपको आयोजकको नाताले पनि यो खेल पश्चिम जर्मनीले नै जित्ने ठोकुवा गरिएको थियो । तर पूर्वी जर्मनीका जुर्गेन स्पारवाजरले खेलको अन्तिम क्षणमा गोल हानेर इतिहास रचे । तर उक्त प्रतियोगिताको फाइनल चाँहि पश्चिम जर्मनीले जितेको थियो ।
२००२ : सेनेगल १-०
२००२ मा सेनेगल पहिलो पटक विश्व कप खेल्दै थियो । पहिलो खेल डिफेन्डिङ च्याम्पियनसँग । त्यो टोलीको अवस्था कस्तो होला । तर अचम्मको कुरा सेनेगलले विश्वकपमा आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १–० ले हराएर इतिहास रचिदियो । सेनेगलका पापा बूबा डियोपले हानेको एक गोल पहिलो पटक विश्वकप खेल्दै गरेको टोलीलाई जिताउन पर्याप्त बन्यो । सुपरस्टार खेलाडीले भरिएको फ्रान्सको घमन्ड सेनेगलले चकनाचुर पारिदियो । सो विश्वकपमा सेनेगल क्वाटर फाइनल सम्म पुगेको थियो । फ्रान्स भने समूह चरणबाटै बाहिरियो ।
१९७८ : स्कटल्यान्ड ३-२ नेदरल्यान्ड
विश्वकपका केही उत्कृष्ट गोलहरुमा १९७८ मा स्कटल्यान्डका आर्ची गेमिलले नेदरल्यान्ड विरुद्ध हानेको गोल पनि पर्दछ । खेलमा स्कटल्यान्ड २–० ले अगाडि थियो । खेल सकिन २० मिनेट मात्रै बाँकी थियो । गेमिलले तीन जना डच डिफेन्डरहरुलाई छक्काएर अगाडि बढेर गोल हाने । यो गोलको चर्चा अहिले पनि हुने गरेको छ । सो विश्वकपमा स्कटल्यान्डको टोलीमा ठिकठाक खेल्ने खेलाड िथिए । सो खेल हारेपन नेदरल्यान्ड फाइनलसम्म पुगेको थियो ।
२०१० : स्वीटजरल्यान्ड १-० स्पेन
२०१० को विश्वकपमा स्पेन धेरैले मन पराएको टोली थियो । यो यूरोपियन च्याम्पियन पनि थियो । तर दक्षिण अफ्रिकामा भएको यो विश्वकपमा स्पेनको शुरुआत निकै खराब रह्यो । स्वीटजरल्यान्डका गेसलन फर्नाडिसले हानेको गोलले स्पेनले खेल हार्यो ।
१९५० : अमेरिका १-० बेलायत
सो विश्व कपमा अमेरिकी टोलीमा एक दुई जना मात्रै पेशागत खेलाडी थिए । अधिकांश खेलाडीको मुख्य पेशा नै फुटबल खेल्ने थिएन । उता, बेलायत पनि बलियो टोली थियो । सो विश्वकप जित्ने बलियो टोलीमध्ये बेलायत थियो । अमेरिका विरुद्धको खेल बेलायतले सजिलै जितने आशा गरिएको थियो । तर अमेरिकी फुटबल जो गेत्जेंसले हानेको एक मात्रै गोलले बेलायतलाई हराइदिए । त्यति बेला यो विश्वकपमा बेलायतले बेहोरेको सबैभन्दा ठूलो हार थियो । बेलायती टोलीमा बिली राइट, स्टेन मार्टेन्सन र टाम फिनी जस्ता सुपरस्टार थिए ।सो हार बेलायतको लागि लज्जास्पद थियो । सो खेलमा अमेरिकाले जित्ने सम्भावना ५०० मा एक मात्रै थियो । तर अमेरिकी टोलीले असम्भवलाई सम्भव बनाएर देखाइदियो ।
१९९० : क्यामरुन १-० अर्जेन्टिना
१९८६ मा डिएगो म्याराडोनाको जादूले अर्जेनिटनाले विश्वकपको उपाधी चुमेको थियो । तर १९९० मा इटलीको सैन सीरो रंगशालामा भएको खेलमा क्यामरुनले म्याराडोनाको टिमलाई १–० को गोल अन्तरले हराएर सबैलाई छक्क पारिदिए । क्यामरुनका फ्रास्वाँ ओमाम–बिइकले गरेको हेडले क्यामरुनले ऐतिहासिक जित हात पार्यो । यसलाई फूटबल विश्लेषकहरु मिलानको जादु भन्छन् ।
१९८२ : उत्तरी आयरल्यान्ड १-० स्पेन
सो विश्वकपमा समूह चरणको अन्तिम खेलमा उत्तर आयरल्यान्डले जित्छ भन्ने कल्पना कसैले गरेका थिएनन् । स्पेन त्यति बेला विश्वकप आयोजक थियो भने बलियो टिम पनि थियो । दोस्रो हाफको शुरुमा गैरी आर्मस्ट्रोङ्गले हानेको एक गोलले उत्तरी आयरल्यान्डलाई विश्वकपमा सबैभन्दा ठूलो जित दिलायो ।दोस्रो हाफमा उत्तरी आयरल्यान्डको टोलीमा १० जना मात्रै खेलाडी भएकोले पनि सो गोल खास रह्यो । यो गोल आर्मस्ट्रङ्गका लागि जिन्दगी बदल्ने क्षण बन्यो । यसपछि उनी स्पेन गए । त्यही फुटबल विज्ञ बने ।
१९६६ : उत्तर कोरिया १-० इटली
यस विश्वकपमा इटली निकै बलियो टोली थियो । क्वाटरफाइनलमा पुग्न मात्रै एउटा बराबरी चाहिएको थियो । उत्तर कोरियाको लागि चुनौतीको काम थिएन । तर पाक डू–इकको गोलले इटली प्रतियोगिताबाट बाहिरि यो अनि उत्तर कोरियाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्यो । एजेन्सीहरु