ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार फुकुवा, बिहीवारदेखि कारोबार

२०७९ मंसिर, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से ) ले आरएमडिसी लघुवित्त वित्तीय संस्था र साना किसान  लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ ।

यी दुबै कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि यी कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका छन् ।

सोही अनुसार यी दुबै कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । यी दुबै कम्पनी बीच एक आपसमा मर्जरमा जाने  सम्झौता गरेसँगै असोज २ गतेदेखि शेयर कारोबार रोक्का  भएको थियो । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)