ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली-३ : प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी

२०७९ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, प्रदेश सभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा गंगा चौधरीले २३ हजार १२० मत ल्याएर विजयी हुँदा उनका निकटतम माओवादीका कृष्ण कुमार चौधरीले १७ हजार ४४९ मत प्राप्त गरेका थिए ।

धनश्याम चौधरीले १३ हजार ९२३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५७२ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा २ मा खुशीराम चौधरीले ७ हजार ५३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६१९ मत प्राप्त गरेका छन् । - रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)