काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटल बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा ५ लाख १५ हजार ७८८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आईपीओमा १२ लाख ३० हजार ६०५ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ३ हजार ५४६ जना आवेदकको आवेदन रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको थियो । यो मध्ये २ लाख ८० हजार ३२० कित्ता सामुहिक लगानी कोष र १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन दिएका हुन । आवेदकले विक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्नसक्नेछन् ।