ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समानुपातिकमा एमालेले ल्यायो साढे ३ लाख भोट, कांग्रेस दोस्रो हुँदा अन्य दलको कति ?

२०७९ मंसिर, ७  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । समानुपातिकतर्फको मतगणना शुरू भएदेखि नै अग्रता कायम गरेको नेकपा एमालेले साढे ३ लाख मत कटाएको छ ।

प्रत्यक्षतर्फ सबैभन्दा बढी सिटमा अग्रता कायम गरेको नेपाली कांग्रेसकाे समानुपातिकतर्फको मत भने एमालेभन्दा केही कम छ । कांग्रेस ३ लाख २६ हजार ७६८ मत पाउँदै दोस्रो स्थानमा छ ।

गत असारमा निर्वाचन आयाेगमा दर्ता भएकाे दल राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख ८० हजार ४९२ मतसहित तेस्रो स्थानमा छ ।  नेकपा माओवादी केन्द्रले भने १ लाख ५८ हजार ६८४ मात्रै मत पाएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९७ हजार ५४१ मत पाउँदा जनता समाजवादी पार्टीले ४३ हजार १७६ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले ३० हजार ७५ मत पाउँदा जनमत पार्टीले २३ हजार ९३२ मत पाएको छ। एमालेबाट फुटेर बनेकाे नेकपा एकीकृत समाजवादीले पाएकाे मत छ- २० हजार ९५३ ।नागरिक उन्मुक्ति पार्टीले १५ हजार १११ मत पाएको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत गत आइतवार मतदान भएकाे थियाे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)