ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेशनल लाईफको अभिकर्ता भेला सम्पन्न

२०७९ मंसिर, ८  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्तालाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीमा कार्यरत अभिकर्तालाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीति कम्पनीले लिएको बताए । सोहीअनुरूप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको र सोही क्रममा महेन्द्रनगरमा पनि गरिएको उनको भनाइ थियो । कार्यक्रममा महेन्द्रनगर शाखामा आबद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करीब १७५ अभिकर्ताको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro