ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीमा आइएमई रेमिट

२०७९ मंसिर, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स कम्पनीहरूमध्ये सबैभन्दा बढी कर तिर्नेमा आइएमई रेमिट सम्मानित भएको छ । सरकारले कर दिवसको अवसरमा उक्त कम्पनीलाई सम्मान गरेको हो । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा बुधवार काठमाडौंमा आयोजित समारोहमा आइएमई रेमिटलाई सम्मान गरेको हो । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरे ।

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको ढकालले बताए । आइएमई रेमिटलाई विदेशी मुद्रा बैंकिङ सञ्जालमार्फत नेपाल भित्र्याउने कामको थालनी गरेको श्रेय जाने उनको भनाइ थियो । कम्पनीले प्राथमिक शेयर निष्कासनको तयारी गरिरहेको समेत उनले बताए । सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनीको रूपमा आईएमई यसअघि पनि सम्मानित भएको थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)