काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा बैंकलाई सम्मान गरेको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ७९ करोड रुपैयाँ कर तिरेको थियो । बुधवार विभागले गरेको सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले ग्रहण गरेका हुन् ।
पछिल्लो १० वर्षमा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर तिरेर नबिल बंैक सातांैपटक सम्मानित भएको बैंकले बताएको छ । नबिल अधिकांश सूचकमा अग्रणी स्थानमा रहेको प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताए । वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा गौरव महसूस भएको उनको भनाइ थियो । नबिल बैंकले आर्थिक वर्ष २०७७/७८ सम्ममा राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको बताइएको छ ।