ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीवाईडीले बनायो ३० लाख विद्युतीय गाडी

विशेष युनिट फुटबल खेलाडीलाई

२०७९ मंसिर, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बीवाईडी (बिल्ड योर ड्रिम) कम्पनीले ३० लाख युनिट ‘न्यू इनर्जी भेहिकल’ उत्पादन गरेको छ । चिनियाँ ग्लोबल ब्राण्ड बीवाईडीले गत हप्ता आफ्ना उत्पादन ३० लाख युनिट पूरा गरेको हो । बीवाईडीले आफ्नो हेडक्वार्टर सान्जेन चाइनामा ३० लाख युनिट रोलआउट गरेको खुशियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख यूनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको बताएको छ ।

कम्पनीले पहिलो १० लाख युनिट कार उत्पादन गर्न झन्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख युनिट एक वर्ष समय लागेको र अन्तिम १० लाख युनिट उत्पादन गर्न ६ महीना लागेको बताएको छ ।

कम्पनीले पछिल्ला १८ महीनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाइएको बताएको छ । उत्पादनको उक्त आँकडाले ‘न्यू इनर्जी भेहिकल’ इन्डस्ट्रीको बढोत्तरी र ग्लोबल ग्रीन मोबिलिटीमा पुगेको सहयोग प्रष्ट भएको कम्पनीको भनाइ छ ।

३० लाख युनिट कार उत्पादन र विक्री भएको खुशियाली मनाउन आयोजित कार्यक्रममा बीवाईडीका अध्यक्ष वाब चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई धन्यवाद व्यक्त गरेका थिए ।

बीवाईडीले आफ्नो ग्लोबल स्ट्राटेजी अनुसार भविष्यमा ग्लोबल अटोमोबाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तीव्र गतिमा अगाडि बढ्ने बताएको छ । अहिले बीवाईडीले आफ्ना उत्पादन ६ ओटै महादेशको ७० देशका ४०० भन्दा बढी शहरमा पुर्‍याइएको छ ।

भविष्यमा बीवाईडीले आफ्नो पार्टनरहरूसँगको सहकार्यमा हाईक्वालिटी प्रडक्टको विकास गर्ने र ग्रीन मोबिलिटीको विकासले पृथ्वीलाई हरित विश्वमा परिणत गर्न सघाउ पुर्‍याउने विश्वास कम्पनीको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)