ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको विशेष साधारण सभा मंसिर २३ गते, ६ सञ्चालक निर्वाचित हुँदै

२०७९ मंसिर, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सञ्चालक निर्वाचनको प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मंसिर ७ गतेको सञ्चालक समिति बैठकले मंसिर २३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे शुरू हुनेछ । विशेष साधारण सभाले कम्पनीको गत असार २० गतेदेखि मंसिर २३ गतेसम्म वर्तमान सञ्चालक समितिले गरेको कामकाजको अनुमोदन गर्नेछ ।

सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । निर्वाचनसम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको सूचना पाटीमा प्रकाशित गरे बमोजिम हुने कम्पनीको भनाइ छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)