ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

युनाइटेड इदीमर्दीको साधारण सभा मंसिर २८ गते, १०.५३ % नगद लाभांश प्रस्ताव

२०७९ मंसिर, ८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर २८ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले आभ्या क्लब घारीपाटन, पोखरामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुंग्याउनेछ ।

यस वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाका लागि तय गरेको छ । सभाले लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)