ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य एकैदिन १००० रुपैयाँले बढ्यो, कति छ आजको बजार भाउ ?

२०७९ मंसिर, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य एकैदिन १ हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १ हजार ३०५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ २६ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १३० रूपैयाँ ९७ पैसा थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)