ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

जानकी फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवार

२०७९ मंसिर, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जानकी फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवार रहेको छ । 

कम्पनीले ५१ हजार कित्ता संस्थापक शेयर कात्तिक ३० गते लिलामीमा विक्री खुला गरेको हो । विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक अन्य व्यक्तिहरूले यो शेयरको लागि भोलि शुक्रवार अपराह्न २ बजेसम्म आवेदन दिन सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १८० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

मंसिर ९ गते कार्यालय समयभित्र प्राप्त बोलपत्रहरू मंसिर ११ गते आइतवार बिहान १० बजे एनआईबिएल एस क्यापिटलमा बोलपत्रदाताहरूको उपस्थितिमा खोलिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro