ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०४७ सम्ममा ४०० खर्ब डलरको होला भारतीय अर्थतन्त्र ?

२०७९ मंसिर, ८  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नयाँ दिल्ली (भारत) । भारतको अर्थतन्त्र सन् २०४७ सम्ममा ४०० खर्ब डलरको हुने भविष्यवाणी गरिएको छ । भारतका डलर खर्बपति मुकेश अम्बानी मंगलबार यस्तो बताएका हुन् । मुख्यतः स्वच्छ ऊर्जा क्रान्ति र डिजिटलाइजेशनका कारण अहिले तुलनामा सन् २०४७ सम्ममा भारतको अर्थतन्त्र १३ गुणा बढेर ४०० खर्ब डलरको हुने अम्बानीले भनेका हुन् । 

अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीपछि विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो । अम्बानीको प्रक्षेपण अहिले भारतको मात्रै नभएर एशियाकै सबैभन्दा धनी व्यक्ति भारतीय खर्बपति व्यापारी गौतम अदानीको भन्दा धेरै नै आशावादी छ । गएको हप्ता मात्रै अदानीले चाँहि खपतमा हुने वृद्धि र सामाजिक–आर्थिक सुधारहरुका कारण सन् २०५० सम्ममा भारतीय अर्थतन्त्र ३०० खर्ब डलरको अर्थतन्त्र हुने बताएका थिए । 

अहिले भारतीय अर्थतन्त्र ३० खर्ब डलरको मात्रै छ । हालको ३० खर्ब डलरबाट सन् २०४७ सम्ममा अर्थतन्त्र ४०० खर्ब डलरको हुने अनि यो विश्वको शीर्ष तीन अर्थतन्त्रभित्र रहने अम्बानीले पन्डित दिनदयाल ऊर्जा विश्वविद्यालयको १० औं दिक्षान्त समारोहमा भनेका थिए ।

अहिले देखि सन् २०४७ बीचको अवधि भारतको लागि अमृत काल हुने यसमा आर्थिक वृद्धि र अवसरहरुमा अभूतपूर्व विष्फोट हुने दाबी अम्बानीको छ । यस अवधिमा भारतमा स्वच्छ ऊर्जा, बायो–ऊर्जा र डिजिटल गरी तीन ‘गेम–चेञ्जिङ’ क्रान्ति हुने अम्बाीनले बताएका छन् ।

अम्बानीको व्यापारीक समूह रिलायन्स इन्डष्ट्रिजले तेलदेखि दूरसञ्चार सम्म कयौं क्षेत्रमा हात हालेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)