काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा भोलि शुक्रवार गर्ने भएको छ ।
सभा लैनचोर ब्यांक्वेट, काठमाडौंमा बिहान ११ बजे हुने जानकारी दिएको छ । सभाले हाल कायम शेयर संरचनालाई परिवर्तन गर्न स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ । हाल सर्वसाधारणमा ३० प्रतिशत र संस्थापक शेयरधनीको ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर संरचना परिवर्तन गरेर सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक समूहको ५१ प्रतिशत शेयर स्वामित्व बनाउने प्रस्ताव पारित गर्नेछ ।
प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको यस कम्पनीले दायित्व मूल्यांकन कार्य (डीडीए) गर्न, आवश्यक बीमांकीय मूल्यांकनका लागि परामर्शदाता, मूल्यांकनकर्तालगाायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।