ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मलेशियामा प्रतिपक्ष दलका नेता प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहणको तयारी

२०७९ मंसिर, ८  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

क्वाललम्पुर (मलेशिया) । मलेशियामा प्रतिपक्ष दलका नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त गरिएको छ । बिहीवार त्यहाँको शाही दरबारले यस्तो बताएको हो । इब्राहिमलाई त्यहाँका सुल्तान अब्दुल्लाह अहमद शाहले मलेशियाको १० औं प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको एक विज्ञप्तिमा दरबारले भनेको छ । 

अनवरले साँझ ५ बजे प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने बताइएको छ । शनिवार भएको आम निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बुहमत ल्याउन नसकेपछि इतिहासमै पहिलो पटक त्रिशंकु संसद बनेको थियो । तर अनवर नेतृत्वको गठबन्धनले सरकार गठनका लागि आवश्यक सिट सुरक्षित गरेपछि अनवर प्रधानमन्त्री नियुक्त भएका हुन् ।

शनिवार भएको निर्वाचनमा अनवरको पाकतन हारापान गठबन्धनले ८२ सिट जितेको थियो । तर बहुमतका लागि चाहिएको ११२ सिट बहुमत भने सो पार्टीले पुर्‍याउन सकेन । उनको निकट प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनको पेरिकाटन नेशनल  ब्लकले ७३ सिट जित्यो । 

७५ वर्षका अनवर तीन दशकदेखि मलेशियाको राजनीतिमा सक्रिय छन् । यस बीचमा अधिकांश समय उनी प्रतिपक्ष दलको नेताको रुपमा रहेका छन् । सन् १९९० को दशकमा उनी उप- प्रधानमन्त्री बनेका थिए । सन् २०१८ मा आधिकारिक रुपमा कुराइएका प्रधानमन्त्री थिए । अनवरले झन्डै एक दशक जेलमा बिताएका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro