ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मकवानपुरमा उल्टियो परिणाम, कांग्रेसकी डीनालाई राप्रपाका सिंहले पछि पारे

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहले अग्रता बढाएका छन् । 

पछिल्लो मत परिणाम अनुसार सिंहले २५ हजार ६५ मत ल्याउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले २४ हजार ३३० मत ल्याएकी छन् । उनीहरूबीच ७३५ मतको मतान्तर छ । यो क्षेत्रमा यस अघि डीनाले लगातार अग्रता लिएकी थिइन् ।

यस्तै एमालेको चुनाव चिन्ह लिएका कमल थापाले २३ हजार ७ सय १४ मत ल्याएर पछ्याइरहेका छन् । कमल थापाले हार स्वीकार्दै मत दिने मतदाता र चुनाव चिह्न दिने नेकपा एमालेलाई धन्यवाद दिइसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)