ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

साउदी-अर्जेन्टिना र जापान-जर्मनीको नतिजाले पोर्चुगल समर्थकमा चिन्ता : रोनाल्डोको जादू चल्ला ? 

अर्को अप्रत्याशित नतिजाको पर्खाइमा अफ्रिकी समर्थक 

२०७९ मंसिर, ८  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Tvs Raider Image Not Found
फोटो : रासस/एपी

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बेरोजगार भएका छन् । यस पटक विश्वकपमा निकै आशा गरिएको खेलाडीमध्ये एक रोनाल्डोले अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको भन्दा राम्रो प्रदर्शन गर्लान् कि उनको जस्तै समूह चरणको पहिलो खेल गुमाउलान् भन्ने चासो धेरैको छ । समूह एचमा बिहीवार पोर्चुगलको पहिलो खेल घानासँग हुँदैछ ।

मंगलबार मेसी र रोनाल्डो दुवैका लागि खराब दिन रह्यो । मेसीको अर्जेन्टिना साउदी अरबसँग पराजित भयो । सोही दिन रोनाल्डोले पनि म्यान्चेष्टर युनाइटेड छाडे । क्लब छोड्नुको पीडा कम गर्न उनले विश्वकपमा राम्रो गर्लान् कि ऐतिहासिक रुपमा कमजोर टोलीसँग हार बेहोर्लान् यो भने हेर्न बाँकी छ । घाना फिफा फुटबलको वरियतामा ६० औं स्थानमा छ । पोर्चुगल ९ औं स्थानमा छ । विश्वकपमा घाना कान्छो टिम पनि हो ।

यस अघि विश्वकपमा यी दुई टोलीको एक पटक मात्रै जम्काभेट भएको छ । २०१४ को फिफा विश्वकपमा समूह चरणको खेलमा पोर्चुगल र घाना आमनेसामने भएका थिए । त्यति बेला पोर्चुगलले घानालाई २–१ गोल अन्तरले हराएको भएपनि अमेरिका र जर्मनी अन्तिम १६ मा छानिँदा घाना र पोर्चुगल दुबै समूह चरणबाटै बाहिरएका थिए । समूहका अन्य दुई टोली ऊरुग्वे र दक्षिण कोरिया भएकोले यी दुबै टोलीले आफ्नो खातामा अंक बढाउन भरमग्दुर प्रयास गर्नेछन् । 

रोनाल्डोले २०१६ मा पोर्चुगललाई यूरोपियन च्याम्पियनशीप जिताएका थिए । अहिले क्लब बिहिन भएका उनलाई राम्रो प्रदर्शन गरेर आफूलाई लैजाने क्लब खोज्नु पर्ने दबाब पनि छ । रोनाल्डोलाई पाँच फरक फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने अवसर पनि छ । हुनत अन्तरराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी रोनाल्डो हुन् । उनले देशका लागि कीर्तिमानी सर्वाधिक ११७ गोल गरेका छन् । देश र क्लवका लागि गरेर ८१८ गोल गरिसकेका छन् । उनले विश्वकपमा मात्रै १ ह्याट्रिक सहित ७ गोल गरेका छन् । अहिले पोर्चुगलको टोली रोनाल्डोमै मात्रै धेरै केन्द्रीत भएको हो कि भन्ने चिन्ता पोर्चगलका समर्थहरुले गर्न थालेका छन् ।

घानाको टोलीमा आर्सनलका मिडफिल्डर थोमस पार्टे, लिष्टर सिटीका डिफेन्डर ड्यानिअल अमार्टे र एथ्लेटिक बिलबाओका स्ट्राइकर इनाकी विलियम्स छन् ।

घानाका कोचले टोलीमा यूरोपमा जन्मिएका खेलाडीहरु ल्याएका छन् । तर लिडिङ गोलकिपरहरुलाई चोट लागेको अवस्थामा तेस्रो विकल्प लरेन्स आति–जिगीको भरमा घाना छ ।

कतार विश्वकपमा आशा गरिएका अनि प्रतियोगिताको सम्भावित विजेता भनिएका अर्जेन्टिना र जर्मनीको हारले अहिले धेरै फुटबल समर्थकलाई झस्काएको छ । त्यस्तै नियती दोहोरियो भने कतारमा घानाले पोर्चुगललाई नहराउला भन्न सकिन्न । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro