काठमाडौं ।मकवानपुर -१ मा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र एमालेको समर्थनमा उम्मेदवार बनेका कमल थापालाई पराजित गरेका छन् ।
सिंह ६ महीनाअघि सम्पन्न स्थानीयतहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । तर, महीनापछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने सिंह विजयी भएका छन् ।
सिंहले २७ हजार ८१६ मत पाएर निर्वाचित हुँदा डीनाले २५ हजार ४३४ र कमल थापाले २५ हजार ४२० मत पाएका छन् ।
सिंह स्थानीय तह निर्वाचनमा २० हजार ५३१ मत ल्याएर तेस्रो भएका थिए । अहिले ७ हजार मत बढाउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।