ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहट ४ मा कांग्रेसका तिमल्सिनाले निकाले दोस्रो जित, ७६०२ मतले एमालेका उम्मेदवार पराजित

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रौतहटको क्षेत्र नं ४ अन्तरगत प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।

उनी लगातार दोस्रोपटक रौतहट ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । बिहीवार अपरान्ह सकिएको निर्वाचन परिणाम अनुसार उनले ३४ हजार १६१ मत ल्याएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा(एमाले) का उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई ७ हजार ६०२ मतले पराजित गरेका हुन् ।

रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा एकपटक जितेपछि कुनै पनि राजनीतिक दलका उम्मेदवार दोहोरिएका थिएनन् । तर, तिमल्सिना लगातार दोस्रो पटक निर्वाचित भए । उनी  २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले उक्त समयमा नेकपा (एमाले) का उम्मेदवार बंशिधर मिश्रलाई साढे ५ हजारभन्दा बढी मतले पराजित गरेका थिए ।  उनले २८ हजार ८२८ मत ल्याएका थिए भने मिश्रले २३ हजार ६ मत ल्याएका थिए ।

रौतहट क्षेत्र नंं १ बाट भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल निर्वाचित भइसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रौतहट क्षेत्र नम्बर २ र ३ को मतगणना भने जारी छ ।

अव जाऔं रौतहट क्षेत्र नं ४ को इतिहासतर्फ । विसं २०४८ सालमा यो क्षेत्रबाट नेकपा(एमाले) का बंशिधर मिश्र  विजयी भए भने नेपाली काँग्रेसका उम्मेदवार उद्धव ढकालले पराजित भए । २०५१ को मध्यावधि निर्वाचनमा भने उद्धव ढकाल  विजयी भए भने बंशिधर मिश्र पराजित भए ।

त्यस्तै विसं २०५६ मा नेकपा(एमाले) का उम्मेदवार माधव कुमार नेपाल विजय हुँदा उद्धव ढकाल पराजित भए ।  माधव नेपालले क्षेत्र छाडेपछि भएको उप निर्वाचनमा नेपाली कांग्रेसका प्रकाश कोइराला विजय भए भने नेकपा (एमाले) उम्मेदवार रामकुमार भट्टराई पराजित भए ।

विसं २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादीका देवेन्द्र पटेलले विजयी भने नेकपा (एमाले) का उम्मेदवार माधव कुमार नेपाल पराजित भए । यसैगरी विसं २०७० सालमा राम कुमार भट्टराई विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिना पराजित भए ।

त्यस्तै विसं २०७४ को संसदीय निर्वाचनमा बामगठबन्धन उम्मेदवारी दिएका नेकपा(एमाले) का  बंशिधर मिश्र पराजित भए अनि नेपाली काँग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिना विजयी भए ।  तीनै तिमल्सिना यो पटक पनि क्षेत्र नं ४ को इतिहासलाई उल्टाउँदै विसं २०७९ को संसदीय निर्वाचनमा  विजयी बनेर दोहोरिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)