ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दुई दिन घटेपछि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने निराशाजनक

२०७९ मंसिर, ८  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक दोहोरो अंक बढेर बन्द भएको छ ।

नेप्से ११ दशमलव ५६ अंक बढेर १ हजार ९३३ दशमलव ५५ विन्दुमा पुगेको हो । दुई दिन लगातार घटेको बजार बिहीवार भने दोहोरो अंक बढेको हो ।

राष्ट्रबैंक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा जुटेको छ । उक्त समीक्षा मार्फत ब्याजदर घटाउने विषय र तरलता सहजको विषयमा आउँछ कि आउँदैन भन्नेमा लगानीकर्ताको चासो रहेको छ । सोही कारण यो समयमा लगानीकर्ताहरूले शेयर बजारलाई सूक्ष्म तरिकाले नियालेका छन् । अहिले ब्याजदर घटाउन चौतर्फी  दबाब आइरहेको बेला त्यसलाई सम्बोधन गर्ने गरी समीक्षा आउनेमा लगानीकर्ता आशावादी रहेका छन् । 

शेयर बजार सुधारका लागि राष्ट्र बैंकबाट चालिने नीतिगत कदमले बजारमा प्रभाव पार्ने भएपछि लगानीकर्ताहरू अहिले त्यसैको पर्खाइमा रहेको बजारका जानकारहरू बताउँछन् । लगानीकर्ता अन्योलमा रहेका अहिले कारोबार रकम पनि खुम्चिएको उनीहरूको भनाइ छ ।

यस दिन कारोबारमा आएका २३२ धितोपत्रको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच भएको छ । उक्त धितोपत्र १८ हजार ४९५ पटक किनबेच हुँदा ९२ करोड ५१ लख रुपैयाँ बराबरको किनबेच भएको छ ।

कारोबारमा आएका २३२ धितोपत्र मध्ये सबैभन्दा बढी घलेम्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत वृद्धि भएर प्रतिकित्ता शेयर मूल्य २१९ रुपैयाँ पुगेको छ ।

यस कम्पनीको शेयर मूल्य हिजो पनि ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको थियो । हकप्रद शेयर निष्कासन गर्ने भन्ने हल्लाले यस कम्पनीको शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्ममा हकप्रद सम्बन्धी कुनै पनि सूचना जारी गरेको छैन । 

त्यस्तै आरएमडिसी लघुवित्तको शेयर मूल्य ६ प्रतिशत बढेर ८८४ रुपैयाँ पुगेको छ । बिहीवार किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी २ दशमलव ८९ प्रतिशत घटेर प्रतिकित्ता ७८५ रुपैयाँमा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्री भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भएको छ । बैंकको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो ।

बैंकले आज मात्रै गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही कारण सर्वाधिक शेयर खरीदविक्री भएको हुनसक्ने लगानीकर्ताको बुझाइ छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरीको ६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ०४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक सामान्य बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro