काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला फेरि पराजित भएका छन् ।
२०७४ को निर्वाचनमा सिटौलालाई हराएका राजेन्द्र लिङदेनले अहिले पनि उनैलाई पराजित गरेर दोस्रोपटक प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
लिङदेनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् ।
२०७४ मा भने लिङदेनले ४४ हजार ६१४ र सिटौलालले ३१ हजार १७१ मत ल्याएका थिए । त्यतिबेला १३ हजार भन्दा धेरै मतान्तर रहेको थियो ।
माओवादीसँग गठबन्धन गरेपछि अहिले सिटौलाको मतान्तर घटेपनि हारबाट भने जोगाउन सकेन ।