ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पाँच ओटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न पाए अनुमति

२०७९ मंसिर, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले  पाँच ओटा जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। 

सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। 

अब एसियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।  यसैगरी सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको विक्री प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ। 

सुपर मादी हाइड्रोपावरले भने ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। माया खोला हाइड्रोपावरले  ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।यसैगरी सुभम पावर लिमिटेडले कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

ती कम्पनीहरुले आयोजना प्रभावित, सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निकाष्सन गर्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro