ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेसका ३ जना बहालवाला मन्त्रीसहित यी प्रभाशाली नेताहरू चुनाव जित्न संघर्ष गर्दै

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका अधिकांश प्रभावशाली नेताहरूले चुनाव जितेका छन् । चुनाव जित्ने प्रभावशाली नेताहरूमा रमेश लेखक, दिलेन्द्र प्रसाद बडू, एनपी साउँद, वीरबहादुर बलायर, प्रदिप पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा, शशांक कोइराला लगायतका प्रभावशाली नेताहरू सुरक्षित भइसकेका छन् ।

तर गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा. नारायण खड्का, सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीसहित केही प्रभाशाली नेताहरू चुनाव जित्न अहिले पनि संघर्ष गरिरहेका छन् । उनीहरूले अग्रता लिएको ठाउँमा पनि १००/२०० मतको मात्रै अग्रता छ भने कतिपय ठाउँमा त्यहि अन्तरमा पछि परिरहेका छन् ।

रुपन्देही -३ बाट चुनाव लडेका गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका दीपक बोहराले पछि पारेका छन् । बोहराले २१ हजार  ८२२ मत  ल्याउँदा खाँणले २१ हजार ५९१ मत ल्याएका छन् । अहिले खाँण  २३१ मतले पछि परेका छन् ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा पछि परेका छन् । कार्कीले १२ हजार ९१२ मत ल्याउँदा एमालेका जगदिश प्रसाद कुसियैतले १३ हजार २०७ मत ल्याएका छन् । यहाँ २९५ मतले पछि परेका छन् ।

मोरङ -२ मा सुजाता कोइराला पनि पछि परेकी छन् । उनी एमालेका ऋषिकेश पोखरेल भन्दा ३०५ मतले पछि परेकी छन्  । पोखरेलले १८ हजार २४९ मत ल्याउँदा कोइरालाको १७ हजार ९४४ मत छ ।

उदयपुर -१ मा परराष्ट्र मन्त्री डा. नारायण खड्काले झिनो अग्रता लिएपनि जितका  लागि  संघर्ष गरिरहेका छन् । खड्काले ८ हजार ४९५ ल्याउँदा निकटतम प्रतिद्वन्दी एमालेकी मन्जु कुमारी चौधरीले ८ हजार २२६ मतसहित पच्छ्याइरहेकी छन् । यहाँ खड्का १२१ मतले मात्रै अघि छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro