ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमाले र कांग्रेस पार्टी फेरि फेरि सांसद बनेका चौधरी पहिलोपटक जनताबाट निर्वाचित

२०७९ मंसिर, ९  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई ७ हजार १७८ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीका अनुसार कांग्रेस उम्मेदवार चौधरी २९ हजार ४९५ मत ल्याएर विजयी हुँदा त्रिपाठीले भने २२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् प्रवेश गरेका चौधरी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । चौधरी २०६४ सालमा नेकपा (एमाले) तथा २०७४ सालमा कांग्रेसको समानुपातिक कोटाबाट संसद् बनेका थिए ।

पश्चिम नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ५९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले ५ हजार ९४४ मत ल्याएका छन् ।

यहाँ १ लाख १८ हजार २५० मतदाता रहेकामा ८४ हजार ३३५ जनाले मतदान गरेका थिए ।रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)