ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मनोरञ्जन उद्योगमा लगानी बढाउँदै चाचान समूह

२०७९ मंसिर, ९  
समाचार विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
चाचान समूहले बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालन गरेको थ्रिल फ्याक्ट्री । तस्वीर : आर्थिक अभियान
author avatar अभियान संवाददाता

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरलाई मुख्य आधार बनाएर औद्योगिक तथा व्यापारिक उपक्रम विस्तार गरिरहेको चाचान समूहले मनोरञ्जनका क्षेत्रमा पनि लगानी बढाएको छ । 

उक्त औद्योगिक समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा वाटर पार्क, अफरोडिङ ट्र्याक, करोके रूम र टोय ट्रेन तयार गर्ने भएको छ । वीरगञ्ज, हेटौंडा, चितवन, बारा, रौतहटलगायत क्षेत्रका ग्राहकलाई लक्षित गरी चाचान समूहले यो उद्यम थाल्ने भएको हो । 

यो समूहले यसअघि नै औद्योगिक कोरिडोरको चैनपुरमा मनोरञ्जनमुखी थ्रिल फ्याक्ट्री सञ्चालनमा ल्याइसकेको छ । सोही थ्रिल फ्याक्ट्री परिसरसँगै वाटर पार्क, अफरोडिङ ट्र्याक, काराओके रूम र टोय ट्रेन थप्न लागिएको चाचान समूहका सञ्चालक निखिल चाचानले बताए । 

बालबालिकादेखि वयस्क र ज्येष्ठ नागरिकसमेतलाई मनोरञ्जनको विकल्प उपलब्ध उद्देश्यले यो उद्यम शुरू गरिएको चाचानको भनाइ छ । यो स्थानमा मनोरञ्जनसँगै शारीरिक व्यायामका गतिविधि पनि समेटिएको उनले जानकारी दिए । 

निखिलले उद्योग र व्यापारिक भ्रमणका क्रममा देशविदेशमा देखेको कुरालाई आफ्नो क्षेत्रमा उद्यमको रूपमा भित्र्याएका हुन् । ‘बारा–पर्सा भन्नेबित्तिकै औद्योगिक र व्यापारिक गतिविधिको क्षेत्रमात्र भन्ने बुझिन्छ । यहाँ मनोरञ्जनस्थल छैनन् । यो खाँचो टार्न यस क्षेत्रमा लगानी ल्याएको हुँ,’ उनले भने । 

चाचान समूहले सञ्चालनमा ल्याएको थ्रिल फ्याक्ट्रीले बालबालिका र वयस्क सबैको रुचिलाई समेटेको उनले बताए । अहिले उक्त फ्याक्ट्रीमा स्थानीयदेखि भारतीय क्षेत्रबाट पनि ग्राहक आइरहेको जानकारी उनले दिए । सञ्चालन गर्न लागिएको वाटर पार्कमा बालबालिका र वयस्कका लागि बेग्लाबेग्लै स्थान तयार गरिने योजना छ । अफरोड ड्राइभिङका शौखिनलाई लक्षित गरी थ्रिल फ्याक्ट्रीसँगै जोडिएको २ बिगाहा जग्गामा अफरोडिङ ट्र्याकको संरचना तयार पार्न लागिएको छ । 

थ्रिल फ्याक्ट्रीबाट अफरोडिङ ट्र्याकसम्म पुग्न टोय ट्रेन सञ्चालन गर्ने र गीतसंगीतमा रुचि राख्नेका लागि काराओके रूमको तयारी भइरहेको उनले जानकारी दिए ।

आगामी ३ महीनाभित्र यी संरचना तयार गरिसक्ने योजना चाचानको छ । अहिले सञ्चालनमा रहेको थ्रिल फ्याक्ट्रीमा थ्रम्पब्लिङ पार्क, नेट क्रिकेट, रोप कोर्स जीप साइक्लिङ, बुल राइड, ह्युमान जेरो, सुटिङ रेन्ज, गो कार्टिङ, वाल क्लाइम्बिङ, बास्केट बललगायत एउटै छानामुनि १५ प्रकारका मनोरञ्जनमूलक गतिविधि समेटिएको छ । चाचान समूहले यो मनोरञ्जन उद्यममा २५ करोड रुपैयाँ लगानी हुने बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)