ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माउन्टेन इनर्जी नेपालको वार्षिक साधारण सभा पुस ८ मा, बुक क्लोज कहिले ?

२०७९ मंसिर, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ८ गते हुने भएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरू हुने जानकारी दिइएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते  एकदिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मंसिर २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)