ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेनेगललाई हराएर आयोजकलाई खुसी दिने कतारी प्रशिक्षकको 'कशम', जित्नै पर्ने दबाबमा दुवै टोली

२०७९ मंसिर, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । गएको हप्ता फिफा विश्व कपको उद्घाटन खेलमा हार बेहोरेर कतार उद्घाटन खेलमै हार बेहोर्ने विश्वकप इतिहासको पहिलो देश बनेको छ । शुक्रjfर सेनेगलसँगको खेल पनि हार्यो भने यो समूह चरणबाट बाहिरिने सम्भावना बलियो हुनेछ । समूह चरणको आफ्नो पहिलो खेलमा सेनेगलले पनि नेदरल्यान्डसँग हार बेहोरेको थियो । 

समूह एको अंक तालिका हेर्दा प्रतिस्पर्धामा बस्ने आशा जीवित राख्न दुबै पक्षको लागि जित अनिवार्य छ । सेनेगलमा स्टार खेलाडी साडियो मानेको अभाव निकै खड्किएको छ । समूह चरणको पहिलो खेलमा १५ पटकको प्रयासमा समेत गोल हान्न नसकेको सेनेगललाई आयोजक कतार विरुद्ध जसरी पनि जित हात पार्नु पर्ने दबाब छ । 

गोलकिपरको गल्ती र कमजोर रक्षा खेलका कारण पनि सेनेगलले खेल सकिने बेलामा २ गोल खाएर हार बेहोरेको थियो । समूह चरणको पहिलो खेलमा कतारका गोलकपिर साद अल शिबले सेनेगलका इदोर्ड मेन्डेले भन्दा पनि खराब समय देखे । यो पटक सेनेगली खेलाडी आक्रामक भएर आउनेछन् । सेनेगलका स्टार खेलाडी साडियो माने चोटका कारण आएका छैनन् । उनको अभावलाई इस्माइला सारले पूर्ति गरिरहेका छन् । 

शुक्रवारको खेलमा पनि हार बेहोरियो भने कतार सबैभन्दा चाँडै प्रतियोगिताबाट बाहिरिने विश्वकप आयोजक बन्नेछ । सन् २०१० मा भएको विश्वकपमा आयोजक दक्षिण अफ्रिका समूह चरणबाट माथि जान सकेन । तर अन्तिम खेलसम्म पनि नक आउटमा पुग्ने सम्भावना उसँग थियो । कतार विश्वकपमा एशियाली देशहरू साउदी अरब र जापानले पत्याउनै नसकिने गरी बलियो ठानिएका टिमलाई हराएका छन् । यो देखेर पनि कतारी टोलीलाई शुक्रवारको खेलमा केही प्रेरणा मिल्छ कि ? 

फिफाको वरियतामा सेनेगल १८ औं स्थानमा छ भने कतार ५० औं स्थानमा छ । विश्वकपमा विगत ८ ओटा खेलमा अफ्रिकी च्याम्पियन्स विजेता सेनेगलले क्लिन शिट बनाउन सकेको छैन । इकवेडरसँग २–० ले हारेर कतारले उद्घाटन खेलमा हार्ने आयोजक देशको धब्बा लगाइसकेको छ । सेनेगललाई हराएर कतारका दर्शक र समर्थकहरुलाई खुसी बनाउँछु भनेर टोलीका कोच फेलिक्स सान्चेजले कशम नै खाएका छन् । उनको यो कशम पूरा होला ? कि सेनेगलले आयोजक देशलाई फेरि पनि हराउँला ? एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)