काठमाडौं । प्रतिनिधिसभामा मोरङ -१ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका छन् ।
डिगबहादुरले २७ हजार २९७ मत पाएर विजयी हुँदा खतिवडाले २६ हजार ८६७ मत पाए ।
लिम्बूले ४३० मतान्तरले खतिवडालाई पराजित गरेका हुन् ।