काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर १६ गते बुक क्लोज गरेसँगै मंसिर १५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५२ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न कम्पनीले मङ्सिर २८ गते साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब घारीपाटन–१७, पोखरा कास्कीमा हुने जानकारी दिएको छ ।