ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली कांग्रेसको प्रत्यक्षमा ५४ औं जित : परराष्ट्र मन्त्री खड्का उदयपुर -१ बाट विजयी

२०७९ मंसिर, १४  
समाचार निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का उदयपुर -१ बाट विजयी भएका छन् । यो सँगै नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५४ सिट जितेको छ ।

खड्काले नेकपा एमालेकी उम्मेदवार मञ्जु कुमारी चौधरीलाई पराजित गरेका हुन् ।

खड्काले ३१ हजार २७० मत पाउँदा चौधरीले २८ हजार ८९१ मत मात्रै पाइन् । खड्का २ हजार ३७९ मतान्तरमा विजयी भएका हुन् ।

मतगणना चलिरहेको एउटा मात्र क्षेत्रको मतपरिणाम आउन बाँकी रहेको छ । उक्त क्षेत्रमा पनि नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)