ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

यसरी थाहा पाउनुस् तपाईंको फोनमा टेलिकमको ई-सिम चल्छ कि चल्दैन ?

२०७९ मंसिर, १४  
समाचार प्रविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  नेपाल टेलिकमले मंसीर ८ गतेदेखि मुलुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गरिरहेको छ । कम्पनीले ०७९ भाद्र ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट पहिलो पटक ई–सिम वितरण शुरु गरेको थियो । 

पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरूले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरहेको छ ।  तर, अधिकांश उपभोक्ताले ई–सिम कसरी प्रयोग गर्ने भन्ने अन्योल भएको पाइएको छ । आफ्नो फोनमा ई–सिम चल्छ कि चल्दैन ? जोसुकैले पत्ता लगाउन सक्छन् ।   

यसरी पत्ता लगाउनुस् तपाईंको फोनमा ई–सिम चल्छ कि चल्दैन 

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिम खरिद गर्नु पर्दछ ।
यसका लागि आफ्नो मोबाइलबाट *#०६# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । 

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा Add Mobile Plan वा Add Data Plan भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ । 

टेलिकमका अनुसार फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरूले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको विक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्ने टेलिकमले जनाएको छ  ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ । 

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका Wearable Device वेयरएवल डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro