ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ, मूल्य नघटाए निगमलाई दैनिक २ करोड नाफा

२०७९ मंसिर, १५  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशनबाट आएको पछिल्लो मूल्य सूची अनुसार मूल्य घटेर आएको छ ।

नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा जाने छ । जस अनुसार १ दिन मूल्य समायोजन नगर्दा पनि निगमलाई झण्डै दैनिक २ करोड रुपैयाँ नाफा हुने छ ।

निगम स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्दा १५ दिनमा ५८ करोड रुपैयाँभन्दा बढी नाफा हुने देखिएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई डिजेलमा प्रतिलिटर ११ रुपैयाँ नाफा हुनेछ । त्यस्तै पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ र मटीतेलमा प्रतिलिटर ३५ रुपैयाँ नाफा हुनेछ ।

यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा हुनेछ । निगम घाटामा भएको खाना पकाउने ग्यासमा मात्रै हो । ग्यासको घाटा पनि घटेर प्रतिसिलिण्डर २७७ रुपैयाँ मात्रै हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)