पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (पेट्रोल तथा डिजेल) को मूल्य निकै घटेको छ । तर, नेपालमा भने यसको मूल्य घटाइएको छैन । नेपालले भारतसँग प्रशोधित तेल किन्छ । अन्तरराष्ट्रिय बजारमा घटेको कच्चा पेट्रोलियम पदार्थको मूल्यका कारण भारतमा पेट्रोल तथा डिजेलको मूल्यमा १४ भारूसम्म कमी आउन सक्ने देखिएको छ । तर नेपाल आयल निगमले भने नाफा हुँदा पनि मूल्य समायोजन गर्न आनाकानी गरिररहेको छ । यसले निगम नाफामा जाला, कर्मचारीले बोनस पनि खालान् तर अर्थतन्त्रको लागत बढ्छ, जनताको भातभान्सा महँगो हुन्छ । त्यसैले अन्तरराष्ट्रिय बजारअनुसार तत्काल मूल्य समायोजन गर्नु आवश्यक छ ।
दिवाकर न्यौपाने
हात्तीगौंडा, काठमाडौं