ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

अर्थतन्त्र संकटमा हो कि सहज अवस्थामा ?

२०७९ मंसिर, १६  
पाठक विचार
Tvs Raider NA

नेपालमा अहिले अर्थतन्त्र संकट हो कि सहज अवस्थामा छ भन्नेमा विवाद देखिएको छ । निजीक्षेत्रले अर्थतन्त्रमा निकै संकट भएको चित्रण गरिरहेको छ भने केही अर्थशास्त्री र अर्थमन्त्रीले भने अर्थतन्त्रमा हल्ला गरिएजस्तो संकट नभएको बताएका छन् । सरकारी नीतिका कारण अर्थतन्त्र निकै सहज अवस्थामा आएको उनीहरूको विश्लेषण पाइन्छ । सरकारी दाबी ठीक हो कि निजीक्षेत्रको भनाइ ? सामान्य जनता रनभुल्लमा छन् । यस्तो अन्योल र विवादले अर्थतन्त्रलाई नकारात्मक दिशातर्फ लैजाने भने निश्चित छ ।

आयात घटेपछि बल्ल १२/१३ अर्ब विदेशी मुद्रा सञ्चिति बढेको छ । तर, आयात, उत्पादन र उपभोग सबै घट्नुको अर्थ हामी संकटमा छौं भन्ने नै हुन्छ ।

साढे ८–९ प्रतिशतको मुद्रास्फीतिले अर्थतन्त्र स्वस्थ भएको संकेत दिँदैन । राजस्व पनि लक्ष्यभन्दा १५/१६ प्रतिशत कम उठेको छ । छिटोमा सरकार बन्यो भने पनि त्यसमा काम गर्न थाल्दासम्म विकास निर्माणका काम शुरू हुन निकै समय लाग्ने देखिन्छ । कम्तीमा पनि माघअघि कुनै पनि आयोजना अघि बढ्ने सम्भावना कम देखिन्छ ।

त्यसैले अर्थतन्त्रलाई सुधार्न राजनीतिक प्रतिबद्धता र अर्थतन्त्रप्रति जिम्मेवार व्यक्ति अर्थमन्त्री बन्नु जरुरी छ । त्यस्तै उद्योगमन्त्री पनि निजीक्षेत्रप्रति उदार व्यक्ति हुन जरुरी छ ।

रमेश तिवारी
नयाँ बजार, कीर्तिपुर ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro